कृषि विशेषसमाचार

राष्ट्रिय किसान सञ्जालद्धारा पहिलो चरणको संघर्षको घोषणा

काठमाडौं साउन ५ एक प्रेस विज्ञाप्ति प्रकाशित गरि राष्ट्रिय किसान सञ्जालमा आवद्ध किसान संघ संगठनहरु अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन, नेपाल जनता समाजवादी किसान महासंघ, नेपाल पिछडावर्ग किसान सघ, सामुदायिक वन उपभोक्ता महासंघ, राष्ट्रिय कृषक समुह महासंघ, राष्ट्रिय सिँचाई जलउपभोक्ता महासंघ, राष्ट्रिय भूमि अधिकार मञ्च, फियान नेपाल विज्ञाप्तिा प्रकाििशत वगरि यही साउन ८गते देखि कालीमाटी तरकारी बजार मूल गेटमा धर्ना पहिलो चरणको संघर्ष स्वरुप कार्यक्रमको घोषणा गरेको छ ।
प्रेस विज्ञप्ती

नेपाल सरकारको स्वामित्वमा सञ्चालनमा रहेको कालीमाटी तरकारी तथा फलफूल बजारका स्टल तथा सटरहरु विना प्रतिस्प्रर्धा पूरानै व्यापारीहरुलाई भाडामा दिन नविकरण गर्ने कालीमाटी बजार विकास समितिको निर्णय आम किसान, उपभोक्ता हित र बजारको नियम विपरित रहेको छ । आम किसानको खुल्ला प्रतिस्पर्धामार्फत सटरहरु भाडामा लगाउनु पर्ने माग हुदा–हुदै सीमित व्यापारीको हितमा नवीकरण गर्नु आपत्तिजनक र रहस्यपूर्ण रहेको छ । विकास समितिले किसानका आवाज र अधिकारलाई लत्याउदै व्यापारीको प्रभावमा परेर गरेको यस निर्णयप्रति राष्ट्रिय सञ्जाल खेद व्यक्त गर्दछ । सञ्जालले यस विषयमा पटक–पटक कृषि तथा पशुपंछी विकास मन्त्रालयको नेतृत्व र विकास समितिको ध्यानाकर्षण गराउँदै आएको थियो । तर कुनै सुनवाई भएन ।

देशभर फैलिएको लम्पी स्किन रोगको महामारीबाट ठूलोमात्रामा पशुवस्तुहरु प्रभावित छन् । ठूलो संख्यामा पशुवस्तु मरेका छन भने सोहीमात्रामा संक्रमित छन् । पशुपालन व्यवसाय गरिरहेका किसानहरु आहत भएका छन् । महामारीको रुपमा फैलिएको यो रोगको क्षति र क्षतिबाट आहत भएका पशुपालक किसानलाई राहत पु¥याउने कुनै विशेष कार्यक्रम घोषणा गर्न नसक्नु सरकारको गैरजिम्मेवारीपनाको पराकाष्ठ हो । यस विकराल अवस्थामा पनि बिमित किसानहरुले बीमाको रकम भुक्तानी नपाएको र बीमा कम्पनीहरुले बीमा नविकरण गर्न नमानिरहेको व्यापक गुनासो किसानहरुको रहेको छ । संकटको बेला किसानको सारथी बन्नुपर्ने बीमा कम्पनीहरु दुःखका रमिते बनेर बस्नु आफैमा बीमाको अवधारणा र उद्देश्य विपरित छ ।
रोपाईको समयमा अत्यधिक माग हुने रासायनिक मल यसवर्ष पनि सहज आपूर्ति हुन सकिरहेको छैन । किसान खेतिपाती गर्न छाडेर मलका लागि भौतारिनु पर्ने अवस्था आउनु विडम्बना हो । यी सबै परिस्थितिबाट यो सरकार किसानको सहि अविभावक बन्न र कृषि क्षेत्रका समस्या सम्वोधन गर्न असक्षम र असफल भएको छ भन्ने कुरा स्पष्ट हुन्छ ।
यस्तो अवस्थामा हाम्रा मागहरुः
१. कालीमाटी तरकारी तथा फलफूल बजारका स्टल तथा सटरहरु विना प्रतिस्प्रर्धा पूरानै व्यापारीहरुलाई भाडामा दिन नविकरण गर्ने कालीमाटी बजार विकास समितिको अवैज्ञानिक, अपारदर्शी, किसान र उपभोक्तको हित विरोधी निर्णय तत्काल खारेज गरी स्वस्थ प्रतिष्पर्धाको माध्यमबाट सटर र स्टलहरु भाडामा लगाइयोस् । ५० प्रतिशत सटर र स्टलहरु किसानलाई छुट्याइयोस् ।
२.लम्पी स्किन रोग देशव्यापी फैलिएको र ठुलोमात्रामा पशुवस्तुहरुको क्षति भएको अवस्थामा यो रोगको महामारी घोषणा गरी किसानलाई राहत, क्षतिपूर्ति र पुनस्र्थापना गरि रोगबाट मृत्यूभएका पशुहरुको बीमा भूक्तानी अभिलम्ब गरियोस् । बिमित किसानहरुको भुक्तानी नदिने, आलटाल गरी किसानलाई दुःख दिने र पशुधन बीमा नविकरण नगर्ने कम्पनीलाई यथासिघ्र कारवाहीको दायरामा ल्याई कानून बमोजिम कारबाही गर्नकालागि माग गर्दछौं ।
३. रासायनीक मलको आपूर्तिमा भएको अभावको तत्काल अन्त्य गरी गुणस्तरिय मल समयमै सहज ढंगले उपलब्ध गराइयोस् ।
किसानका उपरोक्त मागहरु पूरा गर्न गराउन पटकपटक सम्वन्धित निकाय र पदाधिकारीहरुलाई अनुरोध र आग्रह गर्दा पनि सुनवाई भएको अवस्था छैन । अतः किसानका जायज मागहरु पूरा गर्न गराउन आम किसान परिचालित गर्ने राष्ट्रिय किसान सञ्जालको निष्कर्ष रहेको छ । यस आन्दोलनमा सहभागि भई नेपाली किसानको हक हित र अधिकार रक्षाका लागि एक्येवद्धता जनाउन आम न्यायप्रेमी किसान दाजुभाइ तथा दिदीबहिनी र आम उपभोक्तालाई राष्ट्रिय किसान सञ्जाल हार्दिक अपिल गर्दछ ।
मितिः २०८०/४/५
गणेश तिमिल्सिना
संयोजक
राष्ट्रिय किसान सञ्जाल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close