परिचय ः
बन्दा काउली वर्गको तरकारी बाली मध्ये एक हो वन्दा जाडो मौसममा उत्पादन हुने तरकारी हो र यो ज्यादा गर्मी हुने स्थानमा खेती गर्दा राम्रो उत्पादन हुँदैन यो नेपालको धेरै स्थानमा खेती गर्न सकिने प्रख्यात तरकारी बाली हो । सानो ठाउँमा खेती गर्न सकिने प्रख्यात तरकारी बाली हो । सानो मुनालाई नरम पातहरूले बेरिएर यसको कोभी बन्दछ । हिउँदको मौसममा वन्दा नेपालको तराई पहाड दुबै ठाउँमा खेती गर्न सकिन्छ । पहाडि क्षेत्रमा यसलाई वेमौसमी खेतीको रुपमा वर्षायाममा पनि खेती गर्न सकिन्छ ।
हावापानी ः बन्दा खेती गर्नको लागि ५०० देखि १५०० मिटर उचाई भएको ठाउँमा र २० देखि २८ डिग्री सेन्टीग्रेडसम्मको तापक्रममा उपयुक्त हुन्छ ।
बीउ रोप्ने तथा बाली लिने समय ः
पहाड तराई
चैत्र–मंसीर
पौष–माघ भाद्र–मंसीर
बिरुवा लगाउने समय स्थान, जमीनको उचाई र जातको आधारमा निर्णय गर्नु पर्दछ ।
जातहरू ः
ग्रीनस्टोन, टी ६२१, ग्रीन कोरोनेट, जेनिथ, सेन्ट, सुपर ग्रीन, अल ग्रीन, अल सिजन
बीउ र बिरुवा दर ः १५ ग्राम बीउ अथवा २०००–२५०० बिरुवा प्रति रापनी
नर्सरी व्यवस्थपान तथा बेर्ना उत्पादन ः
–एक रोपनी जग्गाको लागि एक मिटर चौडाई र १० मिटर लम्वाई भएको नर्सरी व्याड तयार गर्ने ।
–नर्सरी व्याडलाई २–३ पटक खन्ने र झारपात, ढुगा तथा अनावश्यक कुराहरू हटाउने ।
–नर्सरी व्याडमा राम्ररी कुहिएको गोबर मल १०० केजी. डि.ए.पी ५०० ग्राम र पोटास ४०० ग्राम राम्रोसँग मिसाउने ।
–नर्सरी व्याडलाई वेभिष्टिन २ ग्राम प्रति लिटर पानीमा मिसाएर भिजाउनु पर्दछ । र ढुसीबाट जोगाउन ४८–७२ घण्टा प्लाष्टिकले छोपेर राख्नु पर्दछ ।
–व्याडमा १०–१२ सेमीको फरकमा २ सेमी गहिराई भएको लाइन कोर्ने र २–समी फरकमा बन्दाको बीउ रोपेर माटोले पुर्ने ।
–बीउ रोपी सकेपछि सुकेको पराल वा घाँसले छापो हाल्ने र सिँचाई गर्ने । बेर्ना उम्रे पछि विस्तारै माटोलाई हटाउने ।
–बेर्नालाई उच्च तापक्रम र वर्षाबाट जोगाउन पराल वा प्लाष्टिकले छहारी बनाई छोप्ने ।
–हिउँद मौसममा चिसोबाट बचाउनको लागि सेतो प्लाष्टिकले छोपी गुमोज बनाउनु पर्दछ । गाुमोजभित्र व्याडको तापक्रम बद्छ । जसले गर्दा बिरुवाको वृद्धि चाँडो भई उत्पादन पनि चाँडै लिन सकिन्छ ।
माटो ः बन्दाको लागि धेरै हल्का माटो उपयुक्त हुदैन । बन्दा खेतीगर्नको लागि ठिक्क वा हल्का अम्लियपन (पिएच मात्र ५.६) भएको उच्च उर्वर शक्ति युक्त माटो उपयुक्त हुन्छ । माटोमा प्रशस्त मात्रामा प्राङगारिका पदार्थ हुनु पर्दछ । जसले गर्दा माटोमा चिस्यान बसी रहन्छ ।
स्थान छानौंट ः बन्दा खेती गर्दा पहिले काउली जातको तरकारीहरू जस्तै काउली, ग्याँठकोभी, ब्रसेल्स स्प्राउट आदि लगाइएको ठाउँमा गर्नु हुदैन । यस्तो स्थानमा पहिले बाली लगाउँदा माटोमा भएको पूरानो रोग तथा कीराहरूले नयाँ बालीलाई असर गर्दछ र क्षतिको प्रकोप बढी हुने गर्दछ । क्लव रुट नाम गरेको रोग माटोमा ५–६ वर्ष सम्म बस्दछ ।
बिरुवा लगाउने दूरी ः
अगौटे मध्यम पछौटे मौसम र जातमा निर्भर गर्दछ ।
हार देखि हार ४५ सेमी ४५ सेमी ४५–६०
बिरुवा देखि बिरुवा ३० सेमी ३०–४५ ४५ सेमी
बिरुवा सार्ने तरिका ः
बिरुवा सार्न बनाएको ठाउँमा ध्यानपूर्वक अनावश्यक पदार्थहरू हटाउने र साना खाडल बनाउने । बिरुवालाई नर्सरीमा जति गहिराईमा छ सोही अनुसारको गहिराईमा सार्नु पर्दछ । बिरुवालाई जरा नखल्बलाइकन बेलुकी पख सार्नु पर्दछ र तुरुन्त पानी दिनु पर्दछ ।
बिरुवा लगाउने उमेर÷समयः करिव ४ हप्ताको बिरुवा र वा ४–५ पातको भए पश्चात बिरुवा सार्नु पर्दछ ।
सिँचाई निकास तथा गोडमेल
कुलेसोमा सिँचाई गरेको बिरुवा बढ्दै गरेको अवस्था कोभि लाग्न थालेको अवस्था
बन्दाको लागि बिरुवा बढ्न शुरु भएपछि प्रशस्त मात्रामा पानी दिनु पर्दछ । र सुख्खा हुनु हुँदै पानी दिँदा कुलेसो वा वेसिनमा मात्र दिनु पर्दछ । र पानीको राम्रो निकास भएको हुनु पर्दछ । आवश्यक अत अनुसार झारपातलाई हल्का गोडमेल गरी हटाउनु पर्दछ ।
मलखाद तथा रासायनिक मल ः राम्रो उत्पादन लिनको लागि मलखाद र रासायनिक मल –यूरिया बाहेक) लाई मिश्रण गरी बिरुवा रोप्ने खाडलमा हाल्नु पर्दछ ।
मलखाद र रासायनिक मल केजी प्रति रोपनी केजी प्रति कठ्ठा प्रति खाडल प्रयोग गर्ने समय
गोठेमल÷कम्पोष्ट १५०० १००० १ केजी जमीन वा खाडल तयारीको समयमा
अथवा कुखुराको मल १५०–२०० १००–१५० १०० ग्राम जमीन वा खाडल तयारीको समयमा
डिएपी ७.० ४.६ १५ ग्राम जमीन वा खाडल तयारीको समयमा
पोटास ५.० ३.३३ १० ग्राम जमीन वा खाडल तयारीको समयमा
यूरिया ७.० ४.६ १० ग्राम प्रति बिरुवा १ चिया चम्चाको दरले बिरुवा सारेको १५, ३० र ४५ दिनमा दुई–तीन पटक बिरुवाको ३ ईन्च वरिपरि हाल्ने
बाली लिने
बन्दाको जात अनुसार कोभीको पूर्ण विकास भए पश्चात र कोभी कसिलो भएको बेलामा बन्दा काट्नु पर्दछ । बन्दा लामो समयको लागि एकै पटक बाली लिन सकिने भएको हुनाले बजारको माग र मूल्यको आधारमा ध्यान दिई काट्नु पर्दछ । बन्दा काट्दा गोभीलाई सुरक्षित राख्न, लाग्ने चक्कुले कोभीको डाँठमा प्रशस्त मात्रामा पात राखेकार उपयुक्त स्थानमा काट्नु पर्दछ । चित्र ः
उत्पदन ः
बन्दाको जात र व्यवस्थापनमा १५०० देखि २००० केजी प्रति रोपनी अथाव १००–१५०० केजी कट्ठा उत्पादन लिन सकिन्छ ।
रोग तथा कीराहरू
रोगहरू ः क्लव रु ट ÷लाग्दा जस्तो जरा कुहिने कपासे ढुसी अल्टरनिया थोप्ले
फोटो
लक्षणः बिरुवाको जरामा गाँठा वा गिर्खा उत्पन्न हुन्छ र बिरुवा ओइलाउने हुन्छ । हल्का खैरो थोप्लाहरू पात र ठाँठमा देखिन्छ र अन्त्यमा बिरुवा मर्दछ । पातमा पहेँलो, गाढा खैरो देखि कालो गोलाकार रुपमा थोप्लाहरू देखिन्छ । प्रभावित बीचको भागमा झर्दछ । र पातमा प्वाल पर्दछ ।
एकीकृत शत्रुजीव व्यवस्थापन –नर्सरी व्याडलाई घामको किरणले तताउने ।
–अम्लिय जमीनमा बिरुवा लगाउनु भन्दा २–३ महिना अगाडि १०० केजी चुन प्रति रोपनीका दरले प्रयोग गर्ने ।
–बाली चक्र प्रणाली अपनाउने । –सिफारिस भएका उन्नत तथा वर्णशंकर जातहरू लगाउने ।
–२.५ ग्राम वेभिष्टिन प्रति किलो बीउका दरले बीउ उपचार गर्न ।
–२ ग्राम डाइथेन एम ४५ वा क्रोनोक्सिल प्रति लिटर पानीमा मिसाएर छर्ने ।
–बाली चक्र प्रणाली अपनाउने । –नर्सरी व्याडलाइृ घामको किरणले तताउने ।
–वेभिष्टिनले बीउको उपचार गर्ने
–२ ग्राम ढुसी निरोधक विषादी प्रति लिटर पानीमा मिसाएर नर्सरीलाई भिजाउने ।
–कोभी विकास हुेन समयमा धेरै सिँचाई नगर्ने , सफासुग्घर गरौं ।
–बाली चक्र प्रणाली अपनाउने ।
कीराहरू बन्दाको पुतली सूर्तिको पात खाने लार्भे इट्टाबुट्टे पुतली लाही
लक्षण लार्भाले पात खान्छ । लार्भाले पात खान्छ लार्भाले पात खान्छ । पात र डाँठहरू चुस्दछ ।
एकीकृत शत्रुजीव व्यवस्थापन फूल र लार्भाहरूलाई संकलन गरी नष्ट गर्ने । फुल र लार्भाहरूलाई संकलन गरी नष्ट गर्ने । मल्टिनिम २ मिलिलिटर प्रति लिटर पानीमा मिसाएर छर्ने । २ मिलिलिटर मल्टिनिम प्रति लिटर पानीमा मिसाएर छर्ने ।
लागत र नाफा विश्लेषण
प्रति रोपनी (रु) प्रति कठ्ठा (रु) बन्दाको आमदानी मौसम र बजारमूल्यले फरक पार्दछ । वोमौसमी बन्दा खेतीले अधिकतम् मुनाफा दिन्छ । बन्दा लामो समयको लागि एकै पटक बाली लिन सकिने भएको हुनाले बजारको माग र मूल्यको आधारमा ध्यान दिई काट्नु पर्दछ ।
जम्मा आम्दानी २०,००० १३,३३०
उत्पादन लागत ५००० ३३३३
खुद नाफा १५,००० १०,०००
कृषि कार्यालय रानी जमरा कुलरिया सिँचाई आयोजना (कृषि तर्फ) आयोजना कार्यन्वय इकाई टिकापुर कैलाली
प्रतिक्रिया दिनुहोस्